सातामा साढे ३ प्रतिशत घट्यो शेयर बजार

तु खबर संवाददाता
२०८१ आश्विन ११,शुक्रबार १६:१९

काठमाडौं । यो साता पनि सेयर बजारमा गिरावटले निरन्तरता पाएको छ ।

गत साता २५७६ अंकमा बन्द भएको बजार यो साता ९० अंक अर्थात् ३.४९ प्रतिशत घटेर २४८६ मा बन्द बन्द भएको हो ।

साताको पहिलो दिन आइतबार ११.५८ अंकले बजार बढे पनि सोमबार ५९ र मंगलबार ५८.९३ अंकले घटेको थियो ।

यस्तै, बुधबार पुनः ४९.१८ अंकले बढेको बजार बिहीबार ३२.८१ घट्न पुगेको हो । बजार घट्दा कारोबार रकम पनि घटिरहेको छ ।

यस साता बजारमा आइतबार ५ अर्ब ९ करोड, सोमबार ५ अर्ब ६६ करोड, मंगलबार ५ अर्ब ६८ करोडको कारोबार भएको थियो ।

बुधबार ४ अर्ब ८१ करोडको कारोबार भएको शेयर बजारमा बिहीबार ४ अर्ब ८४ करोडको कारोबार भएको जनाइएको छ ।