कार्यवाहक प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

तु खबर संवाददाता
२०८१ आश्विन १३,आईतवार ०९:१२
file-photo

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो १ः०० बजे बस्ने गरी कार्यवाहक प्रधानमन्त्री सिंले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जनाएको छ ।

उनका सचिवालयका अनुसार, अविरल वर्षापछिको बाढी–पहिरो एवम् विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित बनेको छ । केही जिल्लामा मानवीय क्षति हुनुका साथै भौतिक संरचनाको नाश भएको छ ।

कार्यवहाक प्रधानमन्त्री सिंहले मौसमविद्हरुका अनुसार वर्षा अझै पनि जारी रहने भन्ने जानकारी प्राप्त भएकाले थप क्षति हुनबाट जोगिन अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न सबैलाई आग्रह गरेका छन् ।