प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित

तु खबर संवाददाता
२०८१ आश्विन १३,आईतवार १०:०४
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ ।

अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी–पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान १० बजे बस्ने गरी सर्वदलीय बैठक डाकेका थिए ।

नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले हिजो राति नै सर्वदलीय बैठक बोलाएको तर, अब सरकारल नै सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।