सर्वदलीय बैठक सम्पन्न: विपद् प्रभावितको खोज तथा उद्धारलाई प्राथमिकता
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंलले आह्वान गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठक केहीबेर अघिमात्रै सकिएको हो ।
उक्त बैठकले बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको खोज तथा उद्दारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
यस्तै, बैठकले आवागमन अवरुद्ध भएर बाटैमा फसेका यात्रुलाई यातायात व्यवसायी र प्रशासनको सहयोगमा गन्तव्यमा पुर्याउने, यातायात आवागमन सुचारु गर्ने, विद्युत् आपूर्ति, र टेलिफोन र खानेपानी सम्बन्धित मन्त्रालयले तत्काल सुचारु गर्न पहल गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।
यसैगरी, उनले विनाशकारी बाढीका कारण महामारी उत्पन्न हुनसक्ने भन्दै न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालयले निरोधात्मक र आवश्यक जनशक्तिसहित औषधी उपचारको व्यवस्था मिलाउने, नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै उद्योग मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा खाद्यान्न, तरकारी ग्यासलगायतका बस्नु सुपथ मूल्यमा उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको उल्लेख गरे ।
साथै बाढी–पहिरोका कारण कृषिमा पुगेको क्षति सम्बन्धित मन्त्रालयले संकलन र घरबास गुमाएकाहरूका लागि आवासको प्रबन्ध सहरी विकास मन्त्रालय गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बेठकपछि बताए ।