सहुलियत दरमा हवाई टिकट बिक्री गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहुलियत दरमा हवाई टिकट बिक्री गर्न आग्रह गरेको छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् विमान कम्पनीलाई पहिलेभन्दा सहुलियत मूल्य वा पुरानै दरमा टिकट बिक्री गर्न आग्रह गरेका हुन् ।
हवाई यात्रुको चाप बढ्दा विमान कम्पनीहरुले पहिलेको तुलनामा महङ्गो शुल्क लिएपछि जनगुनासो आएपछि प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले हामीमाथि परेको प्राकृतिक विपत्ती हामी सबै मिलेर सामना गर्नुपर्छ भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, “एयरलाइन्सलाई यस्तो विपत्तिको समयमा यात्रुहरुसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ ।”
उनले नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रु र उद्धार उडानका लागि विशेष निर्णय गरेको समेत बताए ।