सोमबार नेप्से ४४ अंकले बढ्यो, कारोबार ३ अर्ब ७१ करोड
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उकालो लागेको छ ।
आज शेयर बजार परिसूचक नेप्सेमा ४४ दशमलव ४५ अंकको वृद्धि भएको छ । २४६६ बिन्दुबाट सुरु भएको कारोबार सामान्य उतारचढावका बिच २५०८ दशमलव ८६ बिन्दुमा उक्लिएर रोकिएको हो ।
यस्तै, आज परिसूचक भारी अंकले बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । यसदिन कुल ३१९ कम्पनीको ९७ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।
यसअघि केही दिनको कारोबार रकम ४ अर्बभन्दा बढी थियो । यस्तै, आज २१० कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको मूल्य घटेको र एक कम्पनीको मूल्य स्थिर रहेको छ ।