मकवानपुरमा २३ जना डेंगु र ७ जना स्क्रब टाइफसका बिरामी भेटिए
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा २३ जना डेंगु संक्रमित बिरामी र ७ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, सो अवधिमा जिल्लाको हेटौंडा उपमहानगरपालिकाका २० जना र मनहरी गाउँपालिकाका ३ जना डेंगु संक्रमण पुष्टि भएको हो ।
यसैगरी, सोही अवधिमा हेटौंडा उपमहानगरपालिकाका ५ जना र मकवानपुरगढी गाउँपालिकाका एक जना र राक्सिराङ गाउँपालिकाका एक जना गरी ३ जनामा स्क्रब टाइफसका बिरामी भेटिएको स्वास्थ्य कार्यालय जनाएको छ ।
आज थपिएसँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या ४०८ पुरुष र ३६३ महिला गरी ७७१ जना पुगेको छ भने स्क्रब टाइफसका बिरामी ८० पुरुष र १५९ महिला गरी २३९ जना पुगेको छ । उक्त तथ्याङ्क गत साउन महिनादेखि आज सोमबारसम्मको हो ।
कुन पालिकामा कति डेंगु संक्रमितका बिरामी भेटिए ?
- हेटौंडा उपमहानगरपालिकामा ३२० पुरुष र २९५ महिला गरी ६१५ जना
- थाहा नगरपालिकामा ४ पुरुष र ५ महिला गरी ९ जना
- मकवानपुरगढी गाउँपालिकामा १६ पुरुष र ९ महिला गरी २५ जना
- बागमती गाउँपालिकामा एक जना पुरुष
- कैलाश गाउँपालिकामा ६ पुरुष
- मनहरी गाउँपालिकामा २२ पुरुष र २० महिला गरी ४२ जना
- भीमफेदी गाउँपालिकामा ६ पुरुष र ८ जना महिला गरी १४ जना
- बकैया गाउँपालिकामा ६ पुरुष र ५ महिला गरी ११ जना
- राक्सिराङ गाउँपालिकामा एक पुरुष
- हाल ठेगाना नखुलेका १२ पुरुष र १४ महिला गरी २६ जना
- अन्य जिल्लाका १३ पुरुष र ६ महिला १९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
कुन पालिकामा कति स्क्रब टाएफसका बिरामी भेटिए ?
- हेटौंडा उपमहानगरपालिकामा १०१ महिला र ६० पुरुष गरी १६१ जना
- मकवानपुरगढी गाउँपालिकामा २७ महिला र ११ पुरुष गरी ३८ जना
- बागमती गाउँपालिकामा दुई पुरुष
- कैलाश गाउँपालिकामा एक महिला र एक पुरुष गरी २ जना
- मनहरी गाउँपालिकामा ७ पुरुष र १३ जना महिला गरी २० जना
- इन्द्रसरोवर गाउँपालिकामा एक महिला
- भीमफेदी गाउँपालिकामा दुई पुरुष र १४ जना महिला गरी १६ जना
- बकैया गाउँपालिकामा ९ पुरुष र १० महिला गरी १९ जना
- राक्सिराङ गाउँपालिकामा २ जना महिला
- अन्य जिल्लाका दुई पुरुष र तीन महिला गरी ५ जना रहेका छन् ।
जिल्लाको थाहा नगरपालिकामा भने हालसम्म स्क्रब टाइफसको बिरामी फेला नपरेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।