काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक आह्वान गरेका हुन् ।
बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।
उनका अनुसार, बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।