हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ आश्विन १७,बिहीबार १६:०५
सांकेतिक तस्वीर

झापा । हात्तीको आक्रमणबाट झापा आज बिहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार, स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक गुरुङको शव परिवारलाई बुझाउन कानुनी प्रक्रिया भइरहेको जनाइएको छ ।