एक लाख नगदसहित १२ जुवाडे प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०८१ आश्विन १७,बिहीबार १६:०९

धनगढी । कञ्चनपुरमा नगद एक लाख रुपैयाँ बढी रकमसहित प्रहरीले १२ जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

गएराति भिमदत्त नगरपालिका–१४ को बनकट्टीमा स्थानीय अमरसिंह कुवँरको बाझो कुखुरा फार्ममा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीको नियन्त्रणमा हुनेहरु क्रमशः भीमदत्त नगरपालिका–१४ बस्ने ३६ वर्षीय राजेन्द्र खाती, ३५ वर्षीय बसन्त कुवँर, ४५ वर्षीय गौरख कुवँर, ५२ वर्षीय रोशन बिष्ट, ५४ वर्षीय मणीराज कुवँर, ३८ वर्षीय शरेबहादुर कुवँर रहेका छन् ।

यसैगरी, भिमदत्त नगरपालिका–३ तिलकपुर बस्ने ४२ वर्षीय जगतबहादुर धामी ,३८ वर्षीय राजेन्द्र तिवारी, शुक्लाफाँटा नगरपालिका–३ बस्ने ३४ वर्षीय दिपक बोहरा, धनगढी उपमहानरपालिका–२ बस्ने ४४ वर्षीय पदम भाट, धनगढी–७ बस्ने २९ वर्षीय गौतम बिष्ट र गौरीगंगा नगरपालिका–४ बस्ने ४५ वर्षीय जगतबहादुर धामी रहेका छन् ।

प्रहरीको नियन्त्रणमा रहेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।