मकवानपुरमा कुलोमा डुबेर १८ महिने बालकको मृत्यु

तु खबर संवाददाता
२०८१ आश्विन १७,बिहीबार १६:२१

मकवानपुर । मकवानपुरको मनहरी –६, प्रतापपुरमा कुलोमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय सामुयल प्रजा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, ती बालकको घर नजिकैको खेल्ने क्रममा ५० मिटर टाढा रहेको कुलोमा डुबिरहेको अवस्थामा भेटिएका थिए ।

उनलाई उद्दार गरी उपचारका लागि मनहरी अस्पतालमा ल्याएकोमा उपचारको क्रममा चिकित्सकले मृत्त घोषणा गरेको प्रहरीले जनाएको छ ।

उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।