आजबाट सर्वोच्च अदालत बन्द

तु खबर संवाददाता
२०८१ आश्विन १७,बिहीबार १६:४८

काठमाडौं । आजबाट सर्वोच्च अदालत बन्द भएको छ । नेपालीहरुको महान पर्व बडादसैँको अवसरमा आजबाट सर्वोच्च अदालत बन्द गरिएको हो ।

अदालत बन्द भएपनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा भने सुनुवाइ हुने जनाइएको छ ।

उक्त निवेदन सुनुवाइका लागि विदाको समयमा बिहान ११ बजेदेखि ३ बजेसम्म खुला हुने सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

जारी सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द रहने भएपनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने भनिएको छ ।

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिअन्तर्गत घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षकीकरणको रिट निवेदनमा सुनुवाइ हुनेछ ।