यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

तु खबर संवाददाता
२०८१ आश्विन १८,शुक्रबार ०९:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज १८ गते शुक्रबार लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ ।

राष्ट्र बैंकका अनुसार, आज एक अमेरिकी डलर एकको खरिद दर १३४.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६६ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४८.०२ रुपैयाँ रहेको छ भने बिक्रीदर १४८.६८ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५७.७७ रुपैयाँ र बिक्रीदर १५८. ४८ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९१.७४ रुपैयाँ र बिक्रीदर ९२.१५ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९.०२ रुपैयाँ र बिक्रीदर ९९.४६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.३६ रुपैयाँ र बिक्रीदर १०३.८२ रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, जापानी येन १० को खरिददर ९.१३ रुपैयाँ र बिक्रीदर ९.१७ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.१० रुपैयाँ र बिक्रीदर १९.१९ रुपैयाँ रहेको छ ।