नेपाल बैंकद्वारा प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा दुई करोड सहयोग
काठमाडौं । नेपाल बैंकले प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषका लागि दुई लाख रुपैयाँ सहयोग गरेको छ ।
नेपालको पहिलो बैंकका रुपमा रहेको उक्त बैंकले बाढीपहिरो र डुबानबाट प्रभावित नागरिकहरुको राहतमा खर्च गर्न प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमा दुई करोड रुपैयाँ सहयोग गरेको हो ।
आइतबार प्रधानमन्त्री निवास बालुुवाटारमा आयोजित एक कार्यक्रमबीच बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले सो रकम प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।
सो क्रममा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुनेगरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरे ।
उक्त प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमा यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी तीन करोड ४८ लाख सहयोग गरेको थियो ।