प्रधानमन्त्री उद्धार कोषमा एमालेको ५० लाख सहयोग

तु खबर संवाददाता
२०८१ आश्विन २०,आईतवार १७:०४
file-photo

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

एमालेको असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा ५० लाख र सांसदको आधा महिनाको तलब बराबरको रकम बेग्लै प्रदान गर्ने निर्णय गरेको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिवरुलयागतको सहभागिता रहेको थियो ।

उक्त कोषमा आजै नेपाल राष्ट्र बैंकले पनि २ करोड रुपैयाँ सहयोग गरेको छ ।