स्थानीय तह उपनिर्वाचनः २५ दल दर्ता

तु खबर संवाददाता
२०८१ आश्विन २०,आईतवार १८:१२

काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता भएका छन् ।

निर्वाचन आयोगले असोज १० गतेदेखि १६ गतेसम्म दल दर्ता गर्न आह्वान गरेनुसार २५ वटा दलले आ–आफ्नो दल दर्ता गराएको हो ।

निर्वाचन आयोगका अनुसार, प्रमुख राजनीतिक दलहरु सबैजसो स्थानीय निर्वाचनमा भाग लिने गरी दर्ता भएका छन् ।

ती दलहरुले राजनीतिक दल सम्बन्धि नियमावली २०७४ को नयिम १७ को उपनियम ४ बमोजिम दल दर्ता गराएको आयोगले जनाएको छ ।

हेर्नुहोस् दर्ता भएका दलहरु ।