लडेर मकवानपुरका स्याङ्तानको मृत्यु

तु खबर संवाददाता
२०८१ आश्विन २१,सोमबार १०:१८
file-photo

मकवानपुर । मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको कैलाश गाउँपालिका वडा नम्बर–२ बस्ने ६३ वर्षीय दिलबहादुर स्याङ्तान रहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार, घरदेखि एक किलोमिटर उत्तरतर्फ रहेको आफ्नै खेतमा गई घर फर्किने क्रममा बाच खोल्सिस्थित गोरेटो बाटोको छेउबाट लडेर उनको मृत्यु भएको हो ।

स्याङ्तान बाटोबाट ५ मिटर तल भिरमा खसेका थिए । मृतक स्याङ्तानको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।