एकीकृत समाजवादीको मधेस प्रदेश अधिवेशन पुसमा हुने

तु खबर संवाददाता
२०८१ आश्विन २१,सोमबार १५:५९

काठमाडौं । नेकपा एकीकृत समाजवादीको मधेस प्रदेश अधिवेशन आगामी पुसमा हुने भएको छ ।

सोमबार बसेको सो पार्टीको मधेस प्रदेश कमिटीको पदाधिकारीसहितको विस्तारित बैठकले आगामी पुस ६ र ७ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादीले मंसिर महिनाभित्र प्रदेश तथा चैतभित्र जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने निर्णय गरेपनि उक्त निर्णयविपरित मधेस प्रदेशको अधिवेशन पुसमा तय गरेको बुझिइएको छ ।

यस्तै, कोशी प्रदेशको अधिवेशन मंसिर १६ र १७ गते गर्ने तयारी गरिएको छ ।

बाँकी पाँच प्रदेश बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको अधिवेशनपनि क्रमशः तोकिने उपमहासचिव तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले बताए ।