प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।
बैठक सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी आह्वान गरिएको हो ।
आज बस्ने मन्त्रिपरिषद् नियमित बैठक हो । उक्त बैठकमा सरकारले गर्नुपर्ने कामहरूबारे निर्णय गर्ने बुझिइएको छ ।
प्रायः सिंहदरबारमै राख्ने गरेका मन्त्रिपरिषद् बैठक आज भने प्रधानमन्त्रीले बालुवाटारमा बस्ने गरी बोलाएका हुन् ।