३७ अंकले बढ्यो शेयर बजार, ७ अर्ब ९ करोडको कारोबार
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार परिसूचक (नेप्से) ३७ अंकले बढेको छ ।
उतारचढावकाबीच सोमबार परिसूचक २६९० दशमलव ७२ बिन्दुमा आएर रोकिएको छ ।
यसदिन १७६ कम्पनीको मूल्य बढेको छ । ६६ कम्पनीको घट्दा २ कम्पनीको मूल्य भने स्थिर नै रह्यो ।
यस्तै, आज १ करोड ५८ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँको कुल कारोबार भएको छ ।