११ दिनमा खुल्यो कान्तिलोपथ सडक

तु खबर संवाददाता
२०८१ आश्विन २२,मंगलवार ०९:०४

मकवानपुर । अविरल वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध बनेको कान्तिलोकपथ सडक पुनः संचालनमा आएको छ ।

असोज १२ गतेदेखि अवरुद्ध उक्त सडकखण्ड ११ दिनपछि आज बिहानबाट पुनः संचालनमा आएको हो ।

बाढीले बागमती (बगुवा) पुलमा बनेको एउटा स्पान र मकवानपुर तर्फको करिब ५० मिटर सडक बगाएपछि उक्त सडकखण्ड अवरुद्ध बनेको थियो । बगाएको भागमा डाइभर्सन निर्माण गरी आज बिहान १ बजेबाट सवारीसाधन संचालनमा ल्याइएको हो ।

हेटौंडाबाट काठमाडौं जोड्ने सस्नेरी–दक्षिणकाली, कुलेखानी–फाखेल सडकखण्ड भने आइतबारबाट पुनः संचालनमा ल्याइएको थियो ।

कान्तिलोकपथ खुलेसँगै हेटौंडाबाट काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली, कुलेखानी–फाखेल सडकखण्ड र त्रिभुवन राजपथमा भएको सवारी चाप कम हुनेछ ।