सिन्धुलीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ आश्विन २२,मंगलवार ०९:३८

काठमाडौं । सिन्धुलीमा बस दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुरको हतुवागढी गाउँपालिका १ बस्ने २६ वर्षीय बुद्धिमान तामाङ र अर्का एक पुरुष रहेका छन् ।

मृतक एक पुरुषको भने हाल सनाखत नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सोमबार काठमाडौंबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको बस सिन्धुलीको हरिहरपुरगढी–५ स्थित द्वार खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परेर बस चालकसहित ४५ जना घाइते भएका छन् । तीमध्ये २८ जना भने उपचार भएपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरुको भने कपिलाकोट स्वास्थ्य चौकी, धरानको घोपा अस्पताल र जानकी हेल्थकेयरमा उपचार भइरहेको जनाइएको छ ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।