हाईस दुर्घटनामा परेर २२ वर्षीय युवकको मृत्यु

तु खबर संवाददाता
२०८१ आश्विन २२,मंगलवार ०९:५०
सांकेतिक तस्वीर

सुर्खेत । दैलेखमा गएराति हाईस दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चामुण्डाबिन्द्रसैनी नगरपालिका–१, का २२ वर्षीय युवा प्रकाश बुढा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, सुर्खेतबाट चामुण्डाबिन्द्रासैनीको चाल्ने चौतारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९०६ नम्बरको हाईस (एसएमएल) दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

दुर्घटनाग्रस्त हाईसमा २३ जना यात्रु थिए । अन्य यात्रु भने सकुशल रहेको जनाइएको छ ।