बुधबार शेयर बजार सामान्य अंकले वृद्धि

तु खबर संवाददाता
२०८१ आश्विन २३,बुधबार १६:२१

काठमाडौं । बुधबार शेयर बजार सामान्य अंकको वृद्धि भएको छ । दशै अघिको अन्तिम कारोबार दिन आज बजार परिसूचक ४ दशमलव ८५ अंकले बढेर २ हजार ६ सय ६८ दशमलव १७ को विन्दुमा पुगेको हो ।

आज बजारमा ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको ८३ लाख १२ हजार कित्ता शेयर खरिदबिक्री भएको जनाइएको छ ।

आज बजारमा कारोबार भएकामध्ये १ सय ३० कम्पनीको शेयर मूल्य बढेको छ । १०२ कम्पनीको शेयर मूल्य घट्दा ११ कम्पनीको मूल्यस्थिर रह्यो ।