दशैँमा नेपाली सेनाको यातायात सुविधा

तु खबर संवाददाता
२०८१ आश्विन २३,बुधबार १८:०८

काठमाडौं । नेपाली सेनाले बडादशैँ, २०८१ को अवसरमा घर विदा जाने सैनिक तथा तिनका आश्रित परिवारलाई यातायात सुविधा दिने भएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले असोज १८ गतेबाट मुलुकका विभिन्न स्थानहरूमा सहुलियतको यातायात सुविधा (स्थल तथा हवाई) सञ्चालन गरेको जनाएको छ ।

निर्देशनालयका अनुसार, सडक सञ्जालको पहुँच पुगेका स्थानहरूमा सवारी साधन (बस) मार्फत् १२३० जनाले यातायात सुविधा मार्फत् यात्रा गरिसकेका छन् ।

यस्तै, हवाई उडानमार्फत् ७२१ जनाले यो सुविधा लिइसकेका छन् । उक्त सेवा असोज २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।