दशैंको सातौं दिनः आज फूलपाती भित्र्याइँदै

तु खबर संवाददाता
२०८१ आश्विन २४,बिहीबार ०९:३४
file-photo

काठमाडौं । बडादशैंको आज सातौं दिन । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ ।

हरेक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा–आजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने प्रचलन छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ वटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ नौ वटै देवीको विधिपूर्वक पूजा गर्ने वैदिक विधि रहेको छ ।