अमेरिकामा शक्तिशाली आँधी

तु खबर संवाददाता
२०८१ आश्विन २४,बिहीबार ०९:४२

अमेरिकामा शक्तिशाली आँधी गइरहेको छ । पछिल्लो जानकारी अनुसार अमेरिकाको मेक्सिकोस्थित खाडीमा करिब १० माइल प्रति घण्टाको गतिमा उत्तरपूर्वतर्फ आँधी गइरहेको अमेरिकी राष्ट्रिय ह्युरिकेन केन्द्रले जनाएको छ ।

अमेरिकी राष्ट्रिय ह्युरिकेन केन्द्रका अनुसार, आँधी टम्पाबाट ४४० माइल ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको बुझिएको छ ।

यसको अधिकतम स्थायी हावा गति १६५ माइल प्रति घण्टा २७० किमी प्रति घण्टाको रहेको जनाइएको छ ।

यसलाई श्रेणी ५ को खतरनाक आँधीको नाम दिइएको छ । मिल्टन पूर्वी मेक्सिकोको खाडीमा सर्ने क्रममा यसको तीव्रतामा उतारचढाव आउन सक्ने सम्भावना रहेको बताइएको छ ।

अमेरिकन राष्ट्रपति बाइडेनले प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।