बागमती प्रदेश प्रमुख देवकोटाले दिए शुभकामना
![](https://www.tukhabar.com/wp-content/uploads/2024/08/depak_prasad_devkota.jpg)
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालीहरुको महान पर्व बडादशैं २०८१ अवसरमा शुभकामना दिएका छन् ।
प्रदेश प्रमुख देवकोटाले आज बिहीबार शुभकामना सन्देशमार्फत् प्रदेशवासी, एवमु देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा दशैंको शुभकामना दिएका हुन् ।
प्रदेश प्रमुख देवकोटाले हाम्रो परम्परा र मौलिकता बोकेका पर्वहरुले आपसमा एकता, सहिष्णुता अभिवृद्घि भई हाम्रो आपसी मेलमिलाप, सद्भाव र शान्तिलाई अझ प्रगाढ पार्दै लान सकोस् भन्ने शुभकामना व्यक्त दिए ।
उनले जारी गरेको सन्देशमा भनिएको छ ,‘धार्मिक तथा साँस्कृतिक महत्व बोकेको यो महान पर्बले मेलमिलाप, एकता र सद्भाव वृद्धि गर्ने बिश्वास लिएको छु । आफुभित्र र समाजभित्र रहेका असत्यमाथि बिजय प्राप्त गर्ने अवसर यो पर्वले दिनेछ । सबैतिर सुख, शान्ति र अमनचयन कायम रहोस् भन्ने कामना गर्दछु ।’
दशैंको मुखमै आएको प्राकृतिक विपत्तिले देशका धेरै भागमा र खासगरी बागमती प्रदेशमा अकल्पनीय क्षती पुर्याएको भन्दै प्रदेश प्रमुख शर्माले यो विषम् परिस्थितिबाट माथि उठ्न र उठाउन सबैलाई यो पर्वले उर्जा दिने विश्वास व्यक्त गरे ।
साथै उनले चाडपर्वलाई तडकभडक र भड्किलो नबनाइ मौलिक संस्कृतिको जगेर्ना हुने गरि सादगी र सभ्य तरिकाले मनाउन सबैलाई आग्रह गरेका छन् ।