मंगलबार नेप्से ३१ अंकले बढ्यो

तु खबर संवाददाता
२०८१ आश्विन २९,मंगलवार १५:५४

काठमाडौं । आज दशैँपछिको पहिलो शेयर कारोबार अर्थात मंगलबार । यस दिन शेयर उत्साहपूर्ण तरिकाले वृद्धि भएको छ ।

आज नेप्से परिसूचक ३१ दशमलव ४८ अंकले बढेर २६९९ दशमलव ६६ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा कारोबार भएका ३०७ वटा कम्पनीहरुको ६३ लाख ४४ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा तीन अर्ब ६ करोड रुपैयाँको कारोबार भएको छ ।

आज उत्पाद तथा प्रशोधन उपसूचक बाहेकका सबै इन्डेक्समा हरियाली छाएको जनाइएको छ ।