हेटौंडामा जारी नकआउट फुटबलको आज दुई खेल हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ मा जारी नकआउट फुटबलको आज दुई खेल हुँदैछ ।
बडादशैं र शुभदिपावलीको अवसरमा आधामार टोल विकास संस्थाले आयोजना गरेको उक्त प्रतियोगिताको आज दोस्रो दिन दुई खेल हुने भएको हो ।
आज पहिलो खेलमा समृद्धि टोल विकास र नमोबुद्ध टोल विकासबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा रमन्थली र गौरब टोल विकासबीच प्रतिस्पर्धा हुनेछ ।
जसनुसार, पहिलो खेल १ बजेदेखि र दोस्रो खेल ३ः३० बजेदेखि सुरु हुने आयोजक संस्थाका अध्यक्ष धिरेन लामाले जानकारी दिए ।
उनका अनुसार, बिहीबारबाट सुरु भएको उक्त प्रतियोगिता कात्तिक १४ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगिताको प्रथम हुने समूहले ५० हजार रुपैया र द्धितिय समूहले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।