रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

तु खबर संवाददाता
२०८१ कार्तिक २,शुक्रबार १७:२४
file-photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको हो ।

अदालतको अनुमतिसँगै लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेर कास्की लैजाने प्रहरीको तयारी रहेको छ ।

पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुल्न आएको छ ।