रवि लामिछानेविरुद्धको म्याद थपबारे बहस सकियो

तु खबर संवाददाता
२०८१ कार्तिक ४,आईतवार १७:२०
file-photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध बहस सकिएको छ । लामिछानेविरुद्धको म्याद थप गर्ने प्रयोजनका लागि भएको बहस सकिएको हो ।

आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा बहस सकिएको हो । केही समयपछि नै म्यादबारे आदेश आउने अदालत स्रोतले जनाएको छ ।

सहकारी ठगी प्रकरणमा लामिछाने शुक्रबार पक्राउ परेका थिए । आजै अदालत उपस्थित गराएका उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका सरकारी वकिलको कार्यालयमार्फत् म्याद थपका लागि ५ दिनको म्याद लिएको थियो ।