आइतबार ४७ अंकले घट्यो नेप्से

तु खबर संवाददाता
२०८१ कार्तिक ४,आईतवार १७:३३

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन नेप्से परिसूचक ४७ दशमलव ४४ अंकले घटेको छ ।

आज २७३३ बिन्दुबाट सुरु भएको कारोबार केही क्षणमै उच्च अंकले घटेर २६९७ बिन्दुमा झरेको थियो । त्यसलगतै २७४८ को उच्च बिन्दुसम्म उक्लिएको परिसूचक २६९८ बिन्दुमा झरेर रोकिएको हो ।

यस्तै, आज आइतबार १८ कम्पनीको मूल्य बढेको छ । २२६ कम्पनीको मूल्य भने घटेको छ ।

आइतबार कुल २ करोड ८ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने ८ अर्ब १८ करोड २ लाख रुपैयाँको कारोबार भएको छ ।