रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न ६ दिनको म्याद थप

तु खबर संवाददाता
२०८१ कार्तिक ४,आईतवार १८:१६
file-photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न ६ दिन म्याद थप गरिएको छ ।

जिल्ला अदालत कास्कीले लामिछानेलाई थप ६ दिन हिराशतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सहकारी ठगी प्रकरणमा गत शुक्रबार प्रहरीले काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।

शुक्रबार नै पोखरा पुर्याइएको उनलाई आइतबार अदालतमा पेश गरिएको थियो ।