बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष श्रेष्ठले लिए सपथ

तु खबर संवाददाता
२०८१ कार्तिक ५,सोमबार १७:०७
file_photo

मकवानपुर । बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष महेश्वर श्रेष्ठले सपथ लिएका छन् । प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

लुम्बिनी प्रदेशको नवलपरासी बर्दघाट (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका वडा नं. १ निवासी श्रेष्ठलाई बागमती प्रदेश सरकारद्धारा गठित ३ सदस्यीय सिफारिस समितिले गरेको निर्णय अनुसार प्रदेश प्रमुख देवकोटाले कार्तिक ४ गते नियुक्ती गरेका थिए ।

आजको सपथ ग्रहण समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तथा मन्त्रीहरु, मन्त्री परिषद्का प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका उच्च अधिकृतहरु र लोकसेवा आयोगका सदस्यहरु र सञ्चारकर्मीहरुको सहभागिता थियो ।