रास्वपाको केन्द्रीय समितिको बैठक आह्वान

तु खबर संवाददाता
२०८१ कार्तिक १०,शनिबार ०९:२३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने गरी आह्वान गरिएको छ ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने गरी आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार, सो बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनलाई प्रभावकारी बनाउनेलगायत विषयमा छलफल हुनेछ ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वापाले शुक्रबारदेखि काठमाडौंमा पनि आन्दोलन सुरु गरेको छ । सभापति लामिछाने सहकारी ठगीको मुद्धामा पक्राउ परेका हुन् ।