पेस्तोल र गोलीसहित २ जना पक्राउ

तु खबर संवाददाता
२०८१ कार्तिक १०,शनिबार ०९:२९

रौतहट । रौतहटबाट शुक्रबार साँझ नलकटुवा पेस्तोल र गोलीसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कटहरिया नगरपालिका ३ का वर्ष २६ का कमोद राम चमार र वर्ष ४४ को नेमालाल साह बानिया रहेका छन् ।

उनीहरुलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय, ईन्टेलिजेन्ट ब्युरो र सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटबाट गएको संयुक्त टोलीले जिल्लाको गुजारा नगरपालिका ३, धन्सार गेट नजिकैबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, ज ४ प नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार चमार र बनियाँको साथबाट १ थान नलकटुवा पेस्तोल र ३ थान ७.६२ एमएमको गोली बरामद भएपनि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही प्रकृया अगाडि बढाइएको छ ।