विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आह्वान

तु खबर संवाददाता
२०८१ कार्तिक ११,आईतवार ०८:४८
file-photo

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक बहान साढे ११ बजे बस्ने गरी आह्वान गरिएको हो ।

सो बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयका अनुसार, उक्त बैठकमा अन्य विविध विषयमा पनि छलफल हुनेछ ।