आईसीसी पुरुष क्रिकेटः आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुने

तु खबर संवाददाता
२०८१ कार्तिक ११,आईतवार ०९:०२
file-photo

काठमाडौं । अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता अन्तरगत आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुने भएको छ ।

उक्त खेल नेपाली समय अनुसार आज राति ९ः१५ बजेबाट सुरु हुने जनाइएको छ ।

उक्त प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानमा नेपाली टोली सार्वजनिक गरेको थियो ।

उक्त टोलीमा कुशद भुर्तेल, आसिक शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुज साउन, सोमपाल कामी, करण केसी, गुल्सनकुमार झा, रिजन ढकाल, सन्ँदीप लामिछाने र ललित राजवंशी रहेका छन् भने देव खनाल र सागर ढकाललाई रिजर्भमा समावेश गरिएको छ ।