दोलखामा भूकम्पको धक्का महसुस

तु खबर संवाददाता
२०८१ कार्तिक ११,आईतवार ०९:०६

काठमाडौं । दोलखा जिल्लामा गएराति भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धकका महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, गएराति ११ः३० बजे ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

दोलखा आसपासको जिल्लासँगै काठमाडौंमा समेत भूकम्पको धक्का महसुस भएको थियो ।