धारिलो हतियार प्रहारबाट पुरुषको हत्या

तु खबर संवाददाता
२०८१ कार्तिक ११,आईतवार ०९:१६

बारा । बारामा गएराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या गरेको छ ।

हत्या हुनेमा जिल्लाको महागढीमाई नगरपालिका–१ नैकाटोलमा स्थानीय वर्ष ५० को श्रीनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार, गएराति करिब ८ बजेको समयमा अज्ञात समूहले घर नजिकैको सडकमा उनीमाथि गर्धनमा धारिलो हतियार प्रहार भएको थियो ।

हारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।