गैरहाजिर भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

तु खबर संवाददाता
२०८१ कार्तिक ११,आईतवार ०९:२४

काठमाडौं । विदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका १२ प्रहरीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले एक सूचना जारी गैरहाजिर भएका प्रहरी नायव निरीक्षक अशोक दर्नालसहित सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

प्रहरीले व्यक्तिहरुको नाम–ठेगाना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । हाजिर हुँदा गैरहाजिर हुनुको कारण खुल्नेगरी स्पष्टीकरणसमेत बुझाउन भनिएको छ ।

यदि यो सूचनाको बेवास्ता गरेमा प्रहरी नियमावलीअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ ।

हेर्नुहोस् सूचना ।