बागमती प्रदेशमा बहुआयामिक गरिबी सात प्रतिशत

तु खबर संवाददाता
२०८१ कार्तिक ११,आईतवार ०९:४४

मकवानपुर । बागमती प्रदेशमा बहुआयामिक गरिबीमा रहेको जनसख्या सात प्रतिशत रहेको पाइएको छ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन अनुसार निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसख्या १२.५९ प्रतिशत छ ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०–२०८१ मा प्रदेशको कुल गार्हस्थ उत्पादन मुलुकको कुल गार्हस्थ उत्पादनको ३६.३६ प्रतिशत अर्थात् २० खर्ब ७४ अर्ब २७ करोड रहेको उल्लेख गरिएको छ । यस प्रदेशको कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान कमजोर रहेको देखिन्छ ।

गत आवमा कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ७७.४ प्रतिशत, कृषि क्षेत्रको योगदान १२.० प्रतिशत र उद्योग क्षेत्रको योगदान १०.६ प्रतिशत थियो ।

गत आवमा मुलुकको आर्थिक वृद्धिदर कुल ३.८७ प्रतिशत रहने अनुमान गरिएकोमा बागमती प्रदेशको आर्थिक वृद्धिदर ३.९६ प्रतिशत रहने अनुमान गरिएको छ ।

त्यस्तै, यस प्रदेशको बेरोजगारी दर ५.८४ प्रतिशत, साक्षरता दर २.१ प्रतिशत साक्षारता दर र कुल २२.५ प्रतिशत जनसख्यामा विद्युत् सेवाको पहुँच पुगेको जनाइएको छ ।