मकवानपुरका युवक पक्राउ

तु खबर संवाददाता
२०८१ कार्तिक ११,आईतवार १५:१४
सांकेतिक तस्बिर

धनुषा । जनकपुरको जनकपुर उपमहानगरपालिका–१४ बाबा आयलस सेन्टर नजिकबाट मकवानपुरका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका–२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवा रहेका छन् । उनलाई वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले करिब २ सय २१ किलो ३८ ग्राम गाँजासहित शनिबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, ना.५ ख १७७ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा फल्स बटन बनाई लुकाई छिपाई राखेको १६ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा बरामद भएको थियो ।

बरामद गाँजासहित उनलाई नियन्त्रणमा लिई घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।