आज नेप्से ९ अंकले बढ्यो

तु खबर संवाददाता
२०८१ कार्तिक ११,आईतवार १६:२१
file-photo

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । नेपाली बजारमा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ ।

यसदिन नेप्से ९ दशमलव १९ अकंले बढेर २६१७ दशमलव ९५ बिन्दुमा कायम भएको छ ।

यस्तै, आज ३२० कम्पनीको १ करोड ११ लाख ३४ हजार कित्ता शेयर किनबेच भएको छ भने ४ अर्ब ७३ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन पाँच उपसूचकमा हरियाली आएको छ भने ९१ कम्पनीको शेयर मूल्य बढ्दा १४१ कम्पनीको मूल्य घटेको छ ।