अनुमति विना काठमाडौं आएपछि…

तु खबर संवाददाता
२०८१ कार्तिक ११,आईतवार १७:१८

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर एसियालाई कारबाही गरेको छ । उड्डयन प्राधिकरणले उडान अनुमति विना बैंककबाट काठमाडौं आएको भन्दै एयर एसियालाई कारबाही गरेको हो ।

प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि एयर एसियाको नियमित उडानमा रोक लगाएको छ ।

प्राधिकरणले एयर एसियाको लोकल एजेन्ट युनिभर्सल टुर्स एण्ड ट्राभल्सलाई पनि कारबाही गरेर तत्काल टिकट काट्न रोक लगाएको बुझिइएको छ ।

अनुमति विना काठमाडौं नजिक आएपछि विमानलाई ३७ मिनेट आकाशमा होल्ड गरिएको थियो । त्यसपछि यात्रुको सुरक्षालाई ख्याल गर्दै केही समय अघिमात्रै अवतरण गर्ने अनुमति दिइएको थियो ।