धारिलो हतियार देखाई लुटपाट गर्ने दुई जना पक्राउ

तु खबर संवाददाता
२०८१ कार्तिक ११,आईतवार १८:१३

मकवानपुर । धारिलो हतियार खुकुरी देखाई लुटपाट गर्ने दुई जनालाई मकवानपुर प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ बस्ने वर्ष २० को असमिन चौलगाई र वर्ष २० को अनिस चौलगाईं रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

उनीहरुलाई अस्थायी प्रहरी पोष्ट थानाभर्याङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, थानाभर्याङस्थित राप्ती खोलाको बगरबाट पक्राउ गरेको हो ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, बकैया गाउँपालिका वडा नम्वर नं. ४ बस्ने वर्ष २० को मनिष फुयाल र वर्ष २४ को सुजन पौडेलको १ तोलाको सुनको सिक्री लुटपाट गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्धामा मकवानपुर जिल्ला अदालतबाट ४ दिनको म्याद अनुमति लिई घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।