बझाङमा जीप दुर्घटना हुँदा चार जना घाइते

तु खबर संवाददाता
२०८१ कार्तिक १२,सोमबार १५:२९

बझाङ । बझाङमा जीप दुर्घटनामा परेर चार जना घाइते भएका छन् । जिल्लाको तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा १८ च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा जीपका चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय बीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका छन् ।

प्रहरीका अनुसार, सात जना यात्रु चढेको उक्त जीप तीव्र गतीका कारण सडकमै पल्टिए दुर्घटना हुँदा उनीहरु घाइते भएका छन् ।

घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।