लागूऔषधसहित मकवानपुरका राई पक्राउ

तु खबर संवाददाता
२०८१ कार्तिक १२,सोमबार १५:३५

मकवानपुर । मकवानपुरबाट गएराति लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने ५६ वर्षीय भक्तबहादुर राई रहेको प्रहरीले जनाएको छ ।

उनलाई अवैध लागूऔषध गाँजा ४१ किलोग्रामसहित इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, उनको घर तलासी गर्दा लुकाई छिपाई राखिएको उक्त परिणामको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।