कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा सदस्य थप
काठमाडौं । नेपाली कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा सदस्य थप गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले उक्त विभागमा १० सदस्य मनोनीत गरेका हुन् ।
पार्टीका केन्द्रीय सदस्य डा. गोपाल दहित प्रमुख रहेको उक्त विभागमा विधानको व्यवस्था बमोजिम सोमबार सदस्य थप गरेका हुन् ।
थप गरिएको सदस्यहरुमा क्रमशः रामनारायण कठरिया महतो, रामदत्त जोशी (लेकुडा), हेमलाल पाण्डे, दीपकराज तिमिल्सिना, ठाकुरप्रसाद भुसाल, श्यामकुमार बुढा, उपेन्द्रराज सिग्देल, श्रवणराज मैनाली, सीतादेवी सापकोटा (फुयाल) र प्रह्लादकुमार कामत रहेका छन् ।